शरीरको।। बनावट सुधार्ने, भोक घटाउने, छाला राम्रो बनाउने र बुढ्यौली रोक्ने दाबीसहित प्रतिबन्धित पेप्टाइडको प्रयोग गर्ने प्रवृत्ति बढेपछि विज्ञहरूले स्वास्थ्य जोखिमप्रति चेतावनी दिएका छन् । सामाजिक सञ्जाल तथा स्वास्थ्यसम्बन्धी सामग्री उत्पादन गर्नेहरूले यस्ता पदार्थलाई प्रभावकारी उपायका रूपमा प्रचार गरे पनि तिनका धेरै दाबी पुष्टि गर्ने पर्याप्त वैज्ञानिक प्रमाण नभएको उनीहरूको भनाइ छ ।
फ्रान्सका बडीबिल्डर थोमसले आफूले नियमित रूपमा पेप्टाइड प्रयोग गरिरहेको बताएको छ । उनका अनुसार साँझ ९ः३० बजे उनि पेप्टाइडको सुई लगाउ छन । उनले तामायुक्त जीएचके–क्युले छाला राम्रो बनाउने र रेटाट्रुटाइडले भोक घटाउन सहयोग गर्ने विश्वास राखेको छ । उनले जीएचके–क्यु दैनिक र रेटाट्रुटाइड सातामा तीन पटक प्रयोग गरछन ।
यसका लागि केही तयारी चाहिन्छ, तर अहिले यो नियमित भइसकेको छ”, उनले भने।
पेप्टाइड एमिनो एसिडको छोटो शृङ्खला हो । यसले शरीरमा प्रोटिन निर्माण तथा तन्तु मर्मतलगायत जैविक प्रक्रियामा भूमिका खेल्छ । प्रयोगशालामा तयार गरिएका केही पेप्टाइड औषधिका रूपमा प्रयोग भए पनि चिकित्सकीय स्वीकृति नपाएका पेप्टाइड सामाजिक सञ्जाल र जिममा शारीरिक क्षमता तथा स्वरूप सुधार्ने उपायका रूपमा प्रचार भइरहेका छन् ।
थोमसले यसअघि नै स्टेरोइड प्रयोग गर्दै आएको थिएअहिले उनले जीएचके–क्यु र रेटाट्रुटाइडका साथै चिन्ता कम गर्न सेल्याङ्क तथा नरम तन्तुको मर्मतमा सहयोग गर्ने दाबी गरिएको बीपीसी–१५७ समेत प्रयोग गर्ने बताए ।
फ्रान्समा यी पदार्थ चिकित्सकीय प्रयोगका लागि स्वीकृत नभएकाले तिनको मात्रा र प्रयोगसम्बन्धी आधिकारिक निर्देशिका छैन । त्यसैले सामाजिक सञ्जालका समूहमा मानिसहरूले आफैँले प्रयोग गरेका मात्रा र समयबारे अनुभव आदानप्रदान गर्ने गरेका छन् ।
तर फ्रान्सेली अनुसन्धान संस्था इन्सर्मका स्नायु वैज्ञानिक आर्मेल रान्सिल्याकले अधिकांश पेप्टाइड मानिसमा पर्याप्त परीक्षण नभएको बताउँदै आत्मप्रयोगप्रति सावधानी अपनाउन आग्रह गर। इन्सर्मले यस वर्ष सार्वजनिक गरेको निष्कर्षमा पेप्टाइडका दाबी गरिएका फाइदा पुष्टि गर्ने ठूलो स्तरका नियन्त्रित चिकित्सकीय परीक्षण नभएको जनाएको थिए।
विभिन्न देशमा पेप्टाइड प्रयोगसँग सम्बन्धित स्वास्थ्य समस्या देखिएका छन् । अस्ट्रेलियाली सरकारले गत जुनमा रेटाट्रुटाइड नाम दिइएका उत्पादनसँग सम्बन्धित तीव्र कलेजो क्षतिका छ घटना सार्वजनिक गरेको थिए ।
स्विट्जरल्यान्डको लुजान विश्वविद्यालयका खेलकुद समाजशास्त्री फेबियन ओहलले पेप्टाइड प्रयोगमा देखिएको पछिल्लो वृद्धिले चिन्ता बढाएको बताए । उनका अनुसार सामाजिक सञ्जालमा शरीरलाई रासायनिक पदार्थ प्रयोग गरेर निरन्तर ‘अनुकूलित’ गर्न सकिने धारणा फैलिँदै गएको छ ।
विज्ञहरूले वैज्ञानिक परीक्षणबाट प्रभावकारिता र सुरक्षा पुष्टि नभएका पदार्थलाई व्यक्तिगत अनुभव तथा सामाजिक सञ्जालका दाबीका आधारमा प्रयोग गर्दा दीर्घकालीन स्वास्थ्य जोखिम निम्तिन सक्ने चेतावनी दिए।रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्