काठमाडौं।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि नेपाल फर्किएका छन्। उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।उनको स्वागतका लागि नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू विमानस्थल परिसरमा बाक्लो संख्यामा भेला भएका थिए।
देउवालाई स्वागत गर्न कांग्रेसका शीर्ष नेताहरू विमानस्थल पुगेका छन्। यद्यपि, विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सभापति गगन थापा लगायतका नेताहरू भने विमानस्थलमा उपस्थित देखिएनन्।
देउवा करिब साढे ५ महिना लामो विदेश बसाइपछि बिहीबार काठमाडौंमा उत्रिएका हुन् । उनी गत फागुन १३ गते सिंगापुर पुगेका थिए । त्यसपछि उनी सिंगापुरबाट चैत ७ गते हङकङ पुगेर परिवारसहित त्यहीँ बसेका थिए ।
उनीसँगै विदेशमा रहेका पत्नी आरजु राणा देउवा र छोरा जयवीर भने फिर्ता भएनन्। देउवाविरुद्ध यसअघि वालेन्द्र शाह नेतृत्वको सरकारले पटक पटक पक्राउ पुर्जी र रेड नोटिस जारी गर्ने कोसिस गर्यो । तर इन्टर पोलले पनि सरकारको योजनालाई फेल खुवाइदियो।
देउवाको नेपाल आगमनलाई कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधिका दृष्टिले समेत चासोका साथ हेरिएको छ। उनको आगमनसँगै पार्टीभित्रको आगामी राजनीतिक दिशा र नेतृत्वबीचको सम्बन्धबारे थप बहस हुने अपेक्षा गरिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्