काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले अङ्कतालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ।
यो जितसँगै नेपालले जारी शृङ्खलामा दोस्रो सफलता हात पारेको छ भने अङ्कतालिकामा पाँचौँ स्थानमा उक्लिएको छ। नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै बलियो मानिएको स्कटल्यान्डलाई सहजै पराजित गरेको हो।
स्कटल्यान्डले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ३८।१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका ब्याट्सम्यानहरूले संयमित र आक्रामक खेल प्रदर्शन गर्दै लक्ष्य सहज बनाएका थिए।
नेपालका लागि कप्तान रोहित पौडेल ले अविजित ७४ रनको उत्कृष्ट इनिङ खेले। यो उनको ओडीआई करिअरको १२औँ अर्धशतक हो। त्यस्तै इशान पाण्डे ले आफ्नो ओडीआई करिअरको पहिलो अर्धशतक ९५५ रन० पूरा गर्दै टोलीलाई मजबुत आधार दिएका थिए।
दुवै खेलाडीको अर्धशतकका कारण नेपालले महत्वपूर्ण लक्ष्य सजिलै पछ्याउन सफल भएको हो। स्कटल्यान्डविरुद्धको यो जितले नेपालको लिग–२ अभियानलाई थप मजबुत बनाएको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्