काठमाडौं,। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अन्तरराष्ट्रिय टि-ट्वान्टी खेलमा मलेसियामाथि फराकिलो जित निकालेको छ। मलेसियाको बायुमास ओभल क्रिकेट शुक्रबार सम्पन्न खेलमा नेपालले मलेसियालाई ७ विकेटको हराएको हो ।पहिले ब्याटिङमा गएको मलेसियाले जितका लागि ८३ रनको सामान्य चुनौती पस्किएको थियो । नेपालले १६ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।
नेपाललाई जिताउन सम्झना खड्काले सर्वाधिक ३९ रन बनाइन् । कविता कुँवरले १९ र सोनी पाखरिनले १२ रन बनाए ।टस जितेर पहिले ब्याटिङमा गएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रनको सामान्य अंक बनाएको थियो ।मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रन बनाइन्। धनुश्री मुहुनानले १५ रन जोडिन् । अरिनान नातास्याले १३ रन बनाउँदा अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन् । बलिङमा नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान दुई(दुई विकेट झारे। पूजा महतो र सीता रानामगरले समान एक-एक विकेट लिए ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्