नेपाली सेनाका पूर्णबहादुर खत्री उपरथीमा बढुवा, प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिह्न प्रदान
नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। मन्त्रिपरिषद् बैठकले बढुवाको निर्णय गरेपछि प्रधानसेनापति अशोकराज सिग्देलले बुधबार सैनिक मुख्यालयमा खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
खत्री प्रधानसेनापति सिग्देलको सैनिक सहायकका रूपमा कार्यरत थिए। उपरथी दीपेशजंग शाह अवकाश भएपछि रिक्त रहेको पदमा खत्रीलाई बढुवा गरिएको हो।
यसैगरी, बुधबार नै नेपाली सेनाका तीन जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन्। महासेनानीमा बढुवा भएका विवेक काफ्ले, प्रकाश थापा र सिताराम खड्कालाई पनि प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
बढुवासँगै नेपाली सेनामा जिम्मेवारी र पदगत तहमा परिवर्तन भएको छ। सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा बढुवा भएका अधिकृतहरूले नयाँ दर्ज्यानी चिह्न प्राप्त गरेका हुन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्