नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार पनि सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ८ सय ९० रुपैयाँ कायम गरिएको छ।

यता चाँदीको मूल्यमा भने आज सामान्य गिरावट देखिएको छ। हिजो प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर ५ हजार ३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य आज ४ हजार ६ सय ४ रुपैयाँ तोकिएको छ।