ललितपुर।। कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय भएको बताएको छ ।
बिपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि सुरु गरेको चियापान कार्यक्रमलाई कांग्रेसले विशेष परिस्थितिबाहेक हरेक वर्ष आयोजना गर्दै आएको थियो ।
रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्