काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका थप २ जनाको शव फेला परेको छ। यससँगै हालसम्म फेला परेका शवको संख्या ४ पुगेको छ।

भदौ ३० गते विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प स्थापना गर्न गएका २२ जना नेपाली नागरिकमध्ये १० जना आइतबार साँझ सकुशल फु–गाउँमा बसेका थिए।

बाँकी १२ जना भने सम्पर्कविहीन भएका थिए। उनीहरूको खोजी तथा उद्धारका क्रममा थप २ जनाको शव फेला परेको हो।

हिमपहिरोमा परी सम्पर्कविहीन भएकामध्ये हालसम्म ४ जनाको शव उद्धार गरिएको छ भने बाँकीको खोजी तथा उद्धार कार्य जारी रहेको छ