काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पुनः गिरफ्तारीलाई लिएर सरकारमाथि प्रश्न उठाएका छन्।

प्रसाईं पक्राउ परेपछि सचिव बस्नेतले फरक विचार राख्ने व्यक्तिहरूमाथि निरन्तर पक्राउ र कारबाही किन भइरहेको छ? भन्दै प्रश्न गरेका हुन्।

उनले फरक मत राख्ने व्यक्तिमाथि राज्यका निकायबाट भइरहेको कारबाहीप्रति प्रश्न उठाउँदै सरकारको कार्यशैलीबारे चासो व्यक्त गरेका छन्।

प्रसाईंलाई सोमबार भक्तपुरस्थित निवासबाट प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीले पक्राउ गरेको थियो। प्रसाईंलाई पक्राउ गर्नुको कारणबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।