अर्जेन्टिनी कप्तान लियोनल मेसीको जादुयी प्रदर्शनसँगै अल्जेरिया ३–० गोलअन्तरले पराजित भएको छ। फिफा विश्वकप–२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा मेसीले ह्याट्रिक पूरा गरेका छन्।कानसास सिटी स्टेडियममा मेसीले उत्कृष्ट ह्याट्रिक गरेसँगै अर्जेन्टिनाले समूह ‘जे’ को खेलमा अल्जेरियालाई सानदार ढंगले पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ।

मेसीले खेलका १७, ६० र ७६ औँ मिनेटमा गोल गरेर जारी विश्वकपको आफ्नो पहिलो खेलमा सुखद् सुरुवात गरेका छन्। १७ औँ मिनेटमा अल्जेरियाको पेनाल्टी एरिया बाहिरबाट मेसीले गरेको शक्तिशाली प्रहार पहिलो गोलमा परिणत भएको थियो।दोस्रो हाफमा मेसी दोस्रो र तेस्रो गोल गरे।यससँगै मेसीले विश्वकपमा गरेको गोल संख्या १६ पुगेको छ।

उनले जर्मनीका मिरास्लोभ क्लोजको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका हुन्। यसपटक पनि विश्वकपको मुख्य दाबेदार रहेको अर्जेन्टिनाका कप्तान मेस्सीको यो छैटौँ विश्वकप यात्रा हो। उनी छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडी पनि बनेका छन्।