काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। उनलाई प्रहरीले सोमबार भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो।
प्रसाईंलाई प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले पक्राउ गरेको बताइएको छ।
प्रहरीले उनलाई कुन विषयमा पक्राउ गरेको हो भन्नेबारे विस्तृत विवरण भने सार्वजनिक गरेको छैन। पछिल्लो समय प्रसाईं विभिन्न विवाद तथा कानुनी विषयका कारण चर्चामा रहँदै आएका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्