काठमाडौं।। वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो टेस्टमा क्रिकेट इतिहासकै अभूतपूर्व कीर्तिमान रचेका छन्।टेस्ट क्रिकेटको इतिहासमा लगातार ५ ओभरमा ५ वटा ‘विकेट मेडन’ फ्याँक्दै ५ विकेट लिने उनी विश्वकै पहिलो बलर बनेका हुन्।

यसअघि यो कीर्तिमान इङ्गल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडको नाममा थियो। ब्रोडले सन् २०१६ मा जोहानेसबर्गमा दक्षिण अफ्रिकाविरुद्ध लगातार ४ ओभर विकेट मेडन फालेका थिए।

त्रिनिडाडस्थित ब्राजिलियन लारा क्रिकेट एकेडेमी मैदानमा जारी खेलको तेस्रो दिन ग्रिभ्सले यो सनसनीपूर्ण बलिङ स्पेल पूरा गरेका हुन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्