विराटनगर।। कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ ।
कोशी अस्पताल, विराटनगरको सबैभन्दा पुरानो अस्पताल हो । पुरानो भवनबाट बिरामीको उपचार गर्न कठिन भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
कूल ३५० शय्याको अस्पताललाई ठाउँको अभावले ३०० शय्याबाट सेवाप्रवाहा गर्नु बाध्यता रहेको अस्पतालका प्रमुख डा चन्द्रभाल झाले राससलाई जानकारी दिए । ठाउँ साँघुरो छ, ओपिडीमा दैनिक दुई हजारसम्म बिरामी आउने गरेको बताइन्छ ।
उनले अस्पतालका दुई वटा भवन निर्माण भइरहेको जानकारी दिए । उक्त भवन निर्माणपछि अस्पतालको कूल शय्या ७५० पुग्छ । यसबाट बिरामीलाई सबै प्रकारको सुविधा प्रदान गर्न सजिलो हुने डा झाले भने।
नयाँ बन्दै गरेका दुई भवनमध्ये पहिलो भवन लगभग सात हजार वर्गमिटरको एक बेससहित पाँचतले र दोस्रो दुईबेससहित १० तले ३३ हजार ७१० वर्गमिटरको छ ।
पहिलो भवनको सम्झौता २०७८ साल असार ३० गते भूमि निर्माण कन्सट्रशनले रु ३८ करोड ८७ लाखमा ठेक्का लिएको थियो । उक्त कम्पनीले बीचमा काम छाडेर भागेकाले निर्माण ढिलो भएको हो । रमन कन्सट्रक्शनले काम सुरु गरेको छ
जसले गर्दा भवन निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । यो भवनको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६४ प्रतिशत रहेको प्रमुख शाहले बताए।
निर्माण सम्झौताअनुसार २०८३ असार २५ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । तर निर्माण कम्पनीको लापारबाहीका कारण समयमै निर्माण कार्य सम्पन्न हुन सकेनन् ।
उनका अनुसार दोस्रो भवनको निर्माण सम्झौता २०७९ साल असार १३ गते भएको थियो । विसं २०८४ असार १२ गते निर्माण कार्य सम्पन्न हुने गरी केसी कन्सट्रक्शनले रु दुई अर्ब १७ करोड लागतमा काम सुरु गरेको छ । अहिले यो भवनको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४२ प्रतिशत रहेको छ । रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्