कञ्चनपुर — कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै १६ वर्षीय किशोरमाथि कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१ रतनपुरका २१ वर्षीय आशिष विष्ट, १९ वर्षीय दिलीप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन्।
जंगलमा लगेर कुटपिट
प्रहरीका अनुसार २३ असोजमा किशोरलाई खजुवा जंगलमा लगेर खुकुरी देखाउँदै धम्की दिई कुटपिट गरिएको थियो।
घटनाबारे २४ असोजमा जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलडाँडीले घटनामा संलग्न रहेको आरोपमा पाँचै जनालाई पक्राउ गरेको हो।
गम्भीर कसुरमा मुद्दा
पक्राउ परेकाविरुद्ध अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक र अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्