उदयपुर (गाईघाट),। उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९ देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा एक १४ वर्षीया किशोरीको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार चौनपा–९ देवधारकी आयुसा सदाको देवधार खोलाको दहमा डुबेर मृत्यु भएको हो ।
शवलाई बुधबार रातिनै परीक्षणका लागि उदयपुर जिल्ला अस्पतालमा ल्याएर शवगृहमा राखिएको प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिएका थिए । रासस


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्