चितवन।। मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत खहरे खोला नजिकै सुक्खा पहिरो खस्दा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज मंगलबार बिहान ८:५० बजेको समयमा मुग्लिन नजिकै रहेको खहरे खोलामा अचानक सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै ठप्प भएको सडक डिभिजन भरतपुरले जनाएको छ। सडक अवरुद्ध भएपछि सो मार्ग भएर गुड्ने सयौँ सवारी साधन र हजारौँ यात्रुहरू बीच बाटोमै रोकिएका छन्।

अवरुद्ध सडक खुलाउनका लागि पहिरो पन्छाउने कार्य सुरु भइसकेको छ। सम्बन्धित निकायका अनुसार घटनास्थलमा आवश्यक मेशिन र जनशक्ति परिचालन गरिसकिएको छ।

पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेकाले अबको करिब १ घण्टा ३० मिनेटभित्र सडक पूर्ण रूपमा सफा गरी सवारी आवागमन सुचारु हुने जानकारी गराइएको छ। यात्रामा रहेका सर्वसाधारणलाई धैर्य गर्न र सडकको अवस्था बुझेर मात्र अघि बढ्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्