पर्वत,। फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका थिए ।कालीगण्डकी नदी किनारमा रहेको उनको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानीबाट सो आम्दानी गरेका थिए । दक्षिण कोरियाको जागीरे जीवन त्यागेर गाउँमै फर्किएपछि व्यावसायिक रुपमा फलफूलखेती गर्न थालेकाले उ अहिले गाउँको उदाहरणीय किसान बनेका छन् ।
पौडेलको केरा बगैँचामा घरपरिवार र थप दुईजना स्थानीयले रोजगारी पाएका छन् । सरकारले भारतबाट केरा आयातमा रोक लगाएपछि बजार मूल्य सन्तोषजनक रुपमा प्राप्त गरेकोमा पौडेल खुुसी हुनुहुन्छ । उनले केरा स्थानीय फलेवास, कुश्मा, पोखरा र काठमाडौंसम्म बिक्रीका लागि लैजाने गरेका थिए । पौडेलले यस वर्ष करिब ६० क्विन्टल खर्बुजा बिक्री गरेका थिए । यसैगरी, उनले भक्तपुरे लोकल काक्रोको ३० केजी बीउ बिक्री गरेका थिए । आठ रोपनी क्षेत्रफलमा काक्रोखेती गरेका थिए । उनले प्रतिकिलो काक्रोका बीउ रु दश हजारमा बिक्री गरेका थिए । कृषि औजार तथा मल बीउ खरिदका लागि स्थानीय फलेवास नगरपालिकाले पौडेललाई सहयोग पु¥याएको छ ।
त्यसैगरी कृषि विकास कार्यालय पर्वतले राजमार्ग÷करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत चालु आवमा केराखेती विस्तारका लागि रु एक लाख ५५ हजार आर्थिक सहयोग गरेको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिएका थिए । रासस


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्