काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि भइरहेको मतदानको समय फेरि थपिएको छ। अब प्रतिनिधिहरूले बेलुका ७ बजेसम्म भोट हाल्न पाउनेछन्।

निर्वाचन समितिले शुक्रबार अपराह्न सूचना निकालेर यो जानकारी दिएको हो। सुरुमा दिउँसो ३ बजेसम्म तोकिएको समय पहिले ५ बजेसम्म पुर्‍याइएको थियो। अहिले त्यसलाई थप दुई घन्टा बढाइएको छ।

समितिका सदस्यसचिव राजु कटुवालले सबै महाधिवेशन प्रतिनिधि, मतदाता र सरोकारवालालाई समय थपिएको जानकारी गराएका छन्।