जनकपुरधाम।। नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यका साथ जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण वडामा स्वास्थ्य सेवा विस्तार गरेको छ ।
नगरवासीको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्याउने नीति तथा योजनाअन्तर्गत उपमहानगरपालिकाले नगर क्षेत्रका २६ वटै वडामा स्वास्थ्य संस्था विस्तार गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख विजय साहका अनुसार पछिल्लोपटक उपमहानगरपालिकाको १२, १४ र १६ नम्बर वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गरिएकोे छ । नगरका सबै वडामा स्वास्थ्य सेवा पुर्याउने नीतिअनुरुप तीनवटा सहरी स्वास्थ्य केन्द्र विस्तारसँगै नगर क्षेत्रको २५ वटै वडामा स्वास्थ्य संस्था पुगेको उनले बताउए।
उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको २५ वटा वडामध्ये वडा नं १ देखि वडा नं ११ सम्म आधारभूत स्वास्थ्य केन्द्र र वडा नं १३, १५, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ मा स्वास्थ्य केन्द्र सञ्चालन छ । ती सबै स्वास्थ्य संस्थाबाट सरकारले तोकेका औषधिहरू निःशुल्क वितरण भइरहेको प्रमुख साहले बताए । यसबाहेक स्वास्थ्य संस्थाबाट विभिन्न किसिमका खोप सेवा, पोषण स्वास्थ्य सेवालगायत स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख साहको भनाइ छ ।
स्वास्थ्य उपचारको आभावमा नागरिकले ज्यान गुमाउनु नपरोस् भन्ने सोचका साथ नगर क्षेत्रको सहरी तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना र त्यसमा जनशिक्तसँगै औषधिको व्यवस्थापन गर्दै आएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए।
रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्