फुटबलमा ।।जादुमयी प्रदर्शनका पर्याय लियोनेल मेसीले बुबाको मृत्युपछि बुधबार उनि आवद्ध रहेको क्लब मियामीको खेलमा सहभागी भएको छ ।
उहाँको सहभागिताका बाबजुद मेक्सिकोको लियोनले मियामीलाई ३–२ ले पराजित गरेको छ । यससँगै मियामी लिग्स कपबाट बाहिरिएको छ ।
आर्सिलाका दुई गोलले इन्टर मियामीलाई प्रतिस्पर्धामा अब्बल सावित गरेपनि लियोनले ३–२ गोल अन्तरले इन्टर मियामीलाई पराजित गरेको छ ।
इन्टर मियामीका कप्तान मेसी आफ्ना बुबा जर्जको आइतबार भएको अन्तिम संस्कारमा भाग लिएर मङ्गलबार राति अर्जेन्टिनाबाट फ्लोरिडा फर्किनुएका थिए भने खेलको पहिलो ४५ मिनेटपछि भव्य स्वागतका साथ मैदानमा उत्रिनुएक थिए।
छोरा मेसीका एजेन्ट जर्जको गत साता ६८ वर्षको उमेरमा निधन भएको थियो ।
बुधबार बिहान मेसीले सामाजिक सञ्जालमा बुबालाई भावुक श्रद्धाञ्जलि पोस्ट गर्दै आफूले फुटबल खेल्न जारी राख्ने वा नराख्ने अनिश्चित बनेको बताएका थिए ।
“तपाई बिना मैले के गर्ने थाहा छैन, कसरी अगाडि बढ्ने थाहा छैन,” मेसीले लेखेका थिए । ।
उनले भने “मैले केबल तपाईको अभिभावकत्वमा फुटबल खेल्दै आएको थिएँ अब लामो समयसम्म यसलाई जारी राख्नेबारे गम्भीर शङ्का छ।”
खेलको सुरूवाती चरणमा मियामी १–० ले अगाडि थियो तर कोलम्बियाली स्ट्राइकर ड्यानियल आर्सिलका दुई गोलले लियोनलाई जित दिलायो । यसले लियोनलाई ‘एमएलएस’ र ‘लिगा एमएक्स’ क्लबहरूबीचको यस प्रतियोगिताको क्वार्टर–फाइनलमा पुग्ने पहिलो टिम बनाएको छ ।
मियामीका लागि एक गोलको योगदान गरेका यानिक ब्राइटले मेसीको फिर्तीलाई ‘अविश्वसनीय’ भने । उनले आफू र अन्य सहकर्मीहरू आफ्ना कप्तानलाई सहयोग मात्र गर्न चाहेको बताएको छ।
“मैले यस्तो अपेक्षा गरेको थिइनँ”, मेसीको बुबाको निधनपछि बुधबार बिहानको उनको खेललाई कसरी निरन्तरता दिने वा आफ्नो खेल यात्रालाई पूर्णविराम लगाउने स्टाटसलाई सङ्केत गर्दै ब्राइटले भने “उनले खेललाई कति लगाव दिनुहुन्छ भन्ने देखाउँछ। जब मैले उनि यहाँ थिए भन्ने देखेँ, म उनका लागि पास दिन सबै प्रयास गरिरहेको थिएँ ।”
ब्राइटले भने“ “यो कठिन अवस्था हो। हामी उनि नजिक रहन र सकेसम्म सहयोग गर्न प्रयास गर्छौं, तर यो उनको जीवनका लागि धेरै ठूलो कुरा हो।”
विश्वकपपछि मियामीमा आएका ब्राजिलियाली सहकर्मी कासेमिरोले भने “यस्तो व्यक्तिगत कठिन समयमा पनि खेल्ने प्रतिबद्धतामा मेसी ‘हामी सबैका लागि उदाहरण’ हुन्छ ।
लियोनका कोच जाभियर ग्यान्डोल्फीले पनि मेसीको निरन्तरताका लागि त्यस्तै विचार दोहोप्याए छ ।
आज उनिले फेरि एकपटक देखाएको छ, उनि के बन्न सक्नुहुन्छ,” ग्यान्डोल्फीले मेसीबारे भने। “उनि अरूभन्दा भिन्न मान्छे छन
सन् २०२३ मा मेसीको सहभागिता भएयता मियामी पहिलोपटक लिग्स कप उद्घाटन चरणमै बाहिरिएको हो । त्यो वर्ष मेसीसँगै फ्लोरिडा फ्रान्चाइजमा स्पेनी सर्जियो बुस्केट्स र जोर्डी अल्बासँगै आएपछि मियामीले ट्रफी उठाएको थियो । मियामी सन् २०२५ मा फाइनलसम्म पुगेका थियो तर सियाटल साउन्डर्ससँग ३–० ले हारेका थियो ।रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्