काठमाडौं,। एसियाली गेम्स छनोट अन्तर्गत आइतबार नेपाली पुरुष र महिला क्रिकेट टिमले एउटै समयमा चीनसँग प्रतिस्पर्धा गर्दैछन् । पुरुष टिमको पहिलो खेल सिंगापुरमा हुँदैछ भने महिला छनोटको अन्तिम अर्थात् तेस्रो स्थानका लागि हुन लागेको खेल मलेसियामा हुँदैछ ।
एसियन गेम्सको छनोट चरण पार गर्न नेपाली महिला टिमले आजको खेल जित्नैपर्ने दबाब छ । सेमिफाइनलमा मलेसियासँग पराजित भएर एक खेल अगाडि गेम्समा छनोट हुने अवसर गुमाएको नेपाली महिला टिम तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्नु परेको हो ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्