काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत टेनिसको पुरुष डबल्समा नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडीले पहिलो चरण पार गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।

नागोयास्थित हिगाशियामा पार्क टेनिस सेन्टरमा भएको पहिलो चरणको खेलमा अभिषेक र प्रदीपको जोडीले मंगोलियाका बद्राख मुन्खबातार र जोल्बाडोर उर्नुखको जोडीलाई पराजित गरेको हो।

जितसँगै नेपाली जोडीले प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएको छ। नेपालको टेनिस टोलीमा अभिषेक बास्तोला, प्रदीप खड्का र निशान श्रेष्ठ पुरुषतर्फ सहभागी छन्।

अब अभिषेक–प्रदीपको जोडीले प्रतियोगिताको दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछ।