बारा । नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य यामकुमारी सापकोटाले पार्टी परित्याग गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजीनामा सार्वजनिक गर्दै एमालेबाट अलग भएको जानकारी दिएकी हुन्।

सापकोटा एमाले जिल्ला कमिटी बारा सदस्यसमेत रहेकी थिइन्। उनले करिब १५ वर्षदेखि नेकपा एमालेमार्फत देश र जनताको सेवा गर्दै आएको उल्लेख गर्दै उक्त यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गरेकी छन्।

राजीनामा घोषणा गर्दै उनले आफ्नो राजनीतिक यात्रा अब नयाँ दिशामा अघि बढ्ने संकेत गरेकी छन्। सोही क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको परिचयपत्रसमेत सार्वजनिक गरेकी छन्।

सापकोटाको पार्टी परिवर्तनसँगै स्थानीय राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया देखिएका छन्। । नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य यामकुमारी सापकोटाले पार्टी परित्याग गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजीनामा सार्वजनिक गर्दै एमालेबाट अलग भएको जानकारी दिएकी हुन्।

सापकोटा एमाले जिल्ला कमिटी बारा सदस्यसमेत रहेकी थिइन्। उनले करिब १५ वर्षदेखि नेकपा एमालेमार्फत देश र जनताको सेवा गर्दै आएको उल्लेख गर्दै उक्त यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गरेकी छन्।

राजीनामा घोषणा गर्दै उनले आफ्नो राजनीतिक यात्रा अब नयाँ दिशामा अघि बढ्ने संकेत गरेकी छन्। सोही क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको परिचयपत्रसमेत सार्वजनिक गरेकी छन्।

सापकोटाको पार्टी परिवर्तनसँगै स्थानीय राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया देखिएका छन्।