काठमाडौं,। नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठनका लागि ६ जनाको नाम प्रस्ताव गरेको छ । प्रस्तावित नामबारे आज शुक्रबार बस्ने एमाले सचिवालय बैठकले निर्णय गर्नेछ ।प्रतिष्ठानको अध्यक्षमा एमालेले यसअघि नै विष्णु रिमाललाई मनोनयन गरिसकेको छ । प्रतिष्ठानका सदस्यहरूको नाम केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने गरी अध्यक्ष ओलीले सचिवालय बैठकमा प्रस्ताव गरेका छन् ।

प्रतिष्ठानको सदस्यका लागि प्रस्तावित नामहरूमा डा।युवराज खतिवडा, डा।नेत्र तिमिल्सिना, डा।योगेन्द्र गुरुङ, विनोद पाण्डे, र एक जना कार्यकारी निर्देशक भनिएको छ । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अघिसम्म प्रतिष्ठानको अध्यक्ष ईश्वर पोखरेल रहेका थिए । महाधिवेशनपछि पोखरेलको ठाउँमा रिमाल मनोनयन भएका हुन् ।