आमाको काखमा सुतेको थिएँ बिहान उठ्दा आमा बितिसक्नु भएको रहेछ। गाउँलेले आमाको अ'न्तिम संस्कारका लागि लैजाँदै गर्दा ‘जन्ती गएको’ भनेर सम्झाएका थिए। खाली खुट्टा चकटी बोकेर विद्यालय जाने बालकदेखि प्रहरीको एआईजीसम्म

दाङको विकट गाउँमा खाली खुट्टा चकटी बोकेर विद्यालय जाने, सानै उमेरमा बुवा–आमा गु'माउने र जातीय विभेदको सामना गर्ने एक बालक नेपाल प्रहरीको विशिष्ट श्रेणी अर्थात् अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सम्म पुग्लान् भनेर सायद कसैले सोचेका थिएनन्। तर, दृढ संकल्प र निरन्तर मिहिनेतका कारण डम्बरबहादुर बि.क सफलताको त्यो उचाइसम्म पुग्न सफल भए।

डम्बरबहादुरको बाल्यकाल दाङको घोराहीस्थित धर्ना गाउँमा चरम गरिबीबीच बित्यो। उनी ५/६ कक्षामा पढ्दै गर्दा बुवाको नि'धन भयो। त्यसको ठीक एक वर्षपछि चिसो पुसको एउटा बिहान उनको जीवनमा अर्को ठूलो ब'ज्रपात आइलाग्यो। सँगै सुतेकी आमा बिहान कहिल्यै नउठ्ने गरी निदाइसकेकी थिइन्। त्यतिबेला ६/७  वर्षका अबोध बालक डम्बरलाई गाउँलेले आमाको अ'न्तिम संस्कारका लागि लैजाँदै गर्दा ‘जन्ती गएको’ भनेर सम्झाएका थिए।

बुवा–आमा दुवै गु'माएपछि उनको बाल्यकाल झनै क'ठिन बन्यो। तर, आमाले छाडेको एउटा सपना उनको जीवनको ज्योति बन्यो। आमाको निध'न हुनुभन्दा एक साताअघि उनले जमिनमुनि खाल्डो ख'नेर केही पुराना चाँदीका सिक्का देखाउँदै छोरालाई भनेकी थिइन्, ‘बाबु, म मरे  भने पनि यो निकालेर पढ्नू, कापी–कलम किन्नू ।आमाले छाडेको त्यही अन्तिम सम्पत्ति बेचेर आएको करिब आठ हजार रुपैयाँले उनको पढाइलाई निरन्तरता दिन सहयोग गर्‍यो। आमाको त्यो अन्तिम इच्छा डम्बरका लागि जीवनभर अघि बढ्ने प्रेरणा बन्यो।

बुवा–आमा गुमाएपछि उनका सहारा बने जेठा दाजु खड्गबहादुर सुनार। दाजु आफैँ औपचारिक शिक्षाबाट वञ्चित थिए तर भाइलाई पढाएर ठूलो मान्छे बनाउने अठोट राख्थे।

उनले घोराही बजारमा सानो सुन पसल सञ्चालन गरे र भाइलाई साथमा लिएर बजार ल्याउँदै उसको पढाइका लागि आवश्यक व्यवस्था मिलाउन थाले। दिदीबहिनीहरूले पनि कुखुरा बेचेर, आफ्नो खर्च कटाएर र सारीको फेरोमा गाँठो पारेर जोगाएको पैसा भाइको शिक्षाका लागि खर्च गरे। परिवारका सदस्यले आफ्ना रहर र आवश्यकताभन्दा डम्बरको भविष्यलाई प्राथमिकता दिए। उनीहरूको माया  र विश्वास नै डम्बरको जीवनमा कठिन यात्रामा अघि बढ्ने आधार बन्यो।

दलित समुदायमा जन्मिएका कारण डम्बरबहादुरले बाल्यकालदेखि नै समाज र विद्यालयमा जातीय विभेदको तीतो अनुभव भोग्नुपरेको थियो । विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्ने अवस्था थियो भने बस्नका लागि घरबाटै चकटी बोकेर जानुपर्थ्यो। सरस्वती पूजाजस्ता सांस्कृतिक कार्यक्रममा समेत जातका आधारमा छुट्टै व्यवहार गरिने गरेको उनको अनुभव छ।

यस्ता घटनाले उनलाई पीडा दिन्थे। विभेद देखेर गाउँका केही आफन्त आक्रोशित हुन्थे र त्यसको प्रतिरोध गर्न कडा कदम चाल्ने कुरा गर्थे। तर, डम्बरले फरक बाटो रोजे। उनी क्षणिक आक्रोशले समस्या समाधान नहुने र त्यसले उल्टै आफ्नो पढाइमा बाधा पुर्‍याउन सक्ने ठान्थे। समाजलाई जवाफ दिनु छ भने पढेर, सफल भएर र आफ्नो क्षमता प्रमाणित गरेर देखाउनुपर्छ भन्ने उनको सोच थियो। उनको यही दृष्टिकोण विभेदविरुद्धको शान्त र विवेकशील विद्रोह बन्यो।

२०४४ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनी उच्च शिक्षा हासिल गर्ने सपना बोकेर काठमाडौं छिरे तर काठमाडौंमा पनि उनको संघर्ष सकिएको थिएन। बस्नका लागि कोठा पाउनदेखि खानपिन र पढाइको खर्च जुटाउनसम्म कठिनाइ थियो।

जात थाहा पाएपछि डेराबाट निकालिनुपरेको अपमानजनक परिस्थितिसमेत उनले भोगे। तर उनले ती अनुभवलाई आफ्नो लक्ष्यबाट पछि हट्ने कारण बनाएनन्।

शंकरदेव क्याम्पसमा अध्ययन गर्ने क्रममा उनले आफ्नो क्याम्पस जीवनका अनुभव समेटेर अंग्रेजीमा ‘द क्याम्पस लाइफ’ शीर्षकको निबन्ध लेखेका थिए। उक्त निबन्धले उनलाई विकास क्षेत्रको परीक्षामा सफल हुन सहयोग गरेको उनले बताएका छन्।

२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा अधिकृतका रूपमा प्रवेश गरेका डम्बरबहादुर २०५८ सालमा नेपाल प्रहरीमा स्थानान्तरण भई प्रहरी निरीक्षक (इन्स्पेक्टर) बने। त्यसपछि सुरु भयो उनको जीवनको अर्को चुनौतीपूर्ण अध्याय।

देशमा सशस्त्र द्वन्द्व चर्किएको समयमा उनले जोखिमपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्‍यो। सुर्खेतको धुलियाबिट आक्रमणजस्ता घटनाका क्रममा मृत्युलाई नजिकबाट सामना गर्दै उनले आफ्नो कर्तव्य पूरा गरे। प्रहरी सेवामा प्रवेश गरेपछि पनि उनको जीवन सहज बनेन।

सुरुवाती सेवाकालमा मासिक करिब चार हजार रुपैयाँ तलब हुँदा परिवारको खर्च धान्नसमेत कठिन थियो। तर, सीमित आम्दानी र चुनौतीपूर्ण परिस्थितिका बाबजुद उनले आफ्नो जिम्मेवारीप्रतिको प्रतिबद्धता कायम राखे।

उनको संघर्षमा श्रीमती वसन्तीदेवी सुनारको योगदान पनि महत्त्वपूर्ण रह्यो।

परिवारको भविष्यका लागि उनले अमेरिकामा अध्ययन गर्ने पूर्ण छात्रवृत्तिको अवसरसमेत त्यागिन्। परिवार र बच्चाको भविष्यलाई प्राथमिकता दिँदै उनले ट्युसन पढाउने र कम्प्युटर सिकाउने काम गरेर घरखर्चमा सहयोग गरिन्।

डम्बरको जीवनमा श्रीमतीको साथ र सहयोग महत्त्वपूर्ण आधार बन्यो। जीवनमा सफल हुन व्यक्तिको आफ्नै मिहिनेत आवश्यक भए पनि त्यो यात्रामा परिवारले गर्ने त्याग र सहयोगको भूमिका कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा उनीहरूको जीवनले देखाउँछ।

डम्बरबहादुर र उनकी श्रीमतीले आफूहरूले भोगेका अभावका कारण छोरालाई सुविधामा मात्र हुर्काएनन्, अनुशासन र शिक्षाको महत्त्व पनि सिकाए। उनीहरूले छोरालाई मोबाइलमा मात्र अल्झिनेभन्दा पुस्तक पढ्ने संस्कार दिए। अध्ययनप्रतिको त्यही लगाव र पारिवारिक संस्कारमा हुर्किएका उनका छोरा अहिले नेपाल सरकारको परराष्ट्र सेवामा अधिकृतका रूपमा देशको सेवा गरिरहेका छन्।

यसले शिक्षाको महत्त्व एउटा पुस्ताको सफलतामा मात्र सीमित नरही अर्को पुस्ताको भविष्य निर्माणमा समेत प्रभाव पार्छ भन्ने देखाउँछ।

प्रहरी संगठनलाई निष्पक्ष र लोकतान्त्रिक संस्था मान्ने एआईजी विक आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित राख्दैनन्। उनका अनुसार प्रहरीको निलो बर्दी जनताको आँसु, पीडा र न्यायको साक्षी हो। ‘बर्दीको कुनै जात र धर्म हुँदैन, यसको एउटै धर्म सेवा हो उनी भन्छन्।

राज्य र समाजले आफूलाई दिएको जिम्मेवारीलाई उनले विश्वासका रूपमा लिएका छन्, जसलाई इमानदार सेवामार्फत पूरा गर्नुपर्ने उनी बताउँछन्। बाल्यकालमा जातीय विभेद भोगेका उनले प्रहरी सेवामा निष्पक्षता, व्यावसायिकता र नागरिकप्रतिको उत्तरदायित्वलाई महत्त्वपूर्ण मानेका छन्।

तीन दशक लामो सेवायात्रापछि अवकाशको संघारमा पुगेका डम्बरबहादुरको एउटा चाहना छ। आफूले कुनै समय धुलो टकटकाउँदै पढेको गाउँको प्राथमिक विद्यालयमा प्रहरीको बर्दी लगाएर पुग्ने र त्यहाँका बालबालिकासँग आफ्नो जीवनका अनुभव बाँड्ने उनको इच्छा छ। त्यहाँका विद्यार्थीलाई उनले आफ्नो जीवनयात्रा सुनाउँदै अभाव र कठिनाइका कारण सपना देख्न नछाड्न प्रेरित गर्न चाहन्छन्। त्यसैले नेपाल प्रहरीका इआइजी डम्बरबहादुर बिक उनी प्रहरीका एआइजी मात्रै होइनन् ६० लाख दलितका इतिहास र नेपालको बढ्दो जाति विभेदको नजिकबाटै सामना गरेका एक असल निष्ठावान योद्धा हुन्।