काठमाडौं।।सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाएकाहरुका परिवार र सरकारबीच ७ बुदे सहमति भएसगै परिवारले शव बुझ्ने भएका छन।

कप्तानगञ्जमा आइतबार भएको गोलीकाण्डका पीडितसग वार्ता गर्न गृहमन्त्री सुधन गुरुङ मध्यरातमा देवानगन्ज पुगेका थिए।

रातभरि चलेको वार्तापछि सरकार र पीडित पक्षबीच ७ बुँदे सहमति भएको । सहमति पत्रमा शुक्रबार बिहान ५ बजे दुवै पक्षले हस्ताक्षर गरेको गाउँपालिका अध्यक्ष वेचन मेहताले जानकारी दिए।

सम्झौतापत्रमा गृहमन्त्री सुधन गुरुङ र मृतकका तर्फबाट ओमप्रकाश मेहताका बुबा कुशदेव मेहता तथा जयप्रकाश मेहताका बुबा नरेश मेहताले हस्ताक्षर गरेका छन् ।

सहमति भएसँगै परिवारले अस्पतालमा रहेका मृतक ओमप्रकाश र जयप्रकाशको शव बुझ्ने भएका छन्।सहमति अनुसार मृतक दुवै जनालाई शहीद घोषणा गर्न सरकारले तत्काल प्रक्रिया थाल्नेछ।

साथै, दुवै परिवारलाई जनही १० लाख रूपैयाँ राहत रकम उपलब्ध गराइनेछ।दुवै मृतकका परिवारका एक(एक जना योग्य सदस्यलाई रोजगारी प्रदान गरिनेछ।घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गरिने र छानबिन समितिले दिने प्रतिवेदनका सुझावहरूलाई पूर्ण रूपमा पालना गरिने पनि सहमतिमा उल्लेख छ।

सहमतिमा देवानगञ्ज–३ मा रहेको मदरसाको कानुनी हैसियत र अन्य गतिविधिबारे तत्काल छानबिन सुरु गरिने, स्थानीय सरकारसँगको समन्वयमा मृतकद्वयको सम्झनामा उपयुक्त स्थानमा ुस्मृति पार्कु बनाइने छ मृतक दुवै जनाको आजई अन्त्येष्टि गरिने बताएको छ।