काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत देउवाले बाढीले नदी तटीय क्षेत्रमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् । भौतिक संरचनामा क्षति पुगेको र स्थानीयको जनजीवन प्रभावित भएकोमा उनले सहानुभूति प्रकट गरेका छन् ।
नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह
बाढीको जोखिमलाई ध्यानमा राख्दै देउवाले बूढीगण्डकी र त्रिशूली नदी किनारमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् ।
‘विपद्को यो कठिन समयमा बाढी प्रभावित क्षेत्रका जनताको उद्धार र राहतका लागि पार्टीका साथीहरूले तत्कालै सक्रिय भएर सहयोग गर्नुपर्छ,’ उनले लेखेका छन् ।
स्थानीय प्रशासनले पनि नदी किनारका बासिन्दालाई सतर्क रहन र तटीय क्षेत्रमा नजान आग्रह गरेको छ ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्