काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा बिहानपखका राति गोली चलेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीका अनुसार दुई पक्षबीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले बिहान पौन ४ बजेतिर ८ राउण्ड हवाई फायर गरेको हो ।
चिसापानीमा लागेको मेलामा दुई पक्षबीच राति झडप भएको थियो । मेलामा राति आगो बालेर बसेका दुई समूहका युवाबीच झण्डप भएको थियो । ढुंगामुढा हानाहानदेखि अगुल्टोले समेत हान्ने काम भएको थियो ।
उनीहरुलाई छुट्याउन गएको प्रहरीमाथि समेत आक्रमण भएको र सईसहित चार प्रहरी घाइते भएको बताइएको छ । दुई पक्षबीच झडप भएर मानवीय क्षतिको अवस्था आउन लागेपछि स्थिीती नियन्त्रणमा लिन इन्सार राइफलबाट ८ राउण्ड हवाई फायर गरिएको प्रहरीले बताएको छ ।
दुई पक्षबीचको झडपमा परेर एक जना घाइते भएका छन् । अहिले उनको उपचार भइरहेको छ । झडपमा संलग्न भएको आरोपमा एक जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।
यो मेला जागरण्ण युवा क्लब चिसापानी बाँकेले गरेको हो ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्