सुदूरपश्चिम ।।नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि रु तीन लाख ६० हजार आठ सय ३३ सहयोग गर्ने भएको छ ।

संसदीय दलका नेता कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक तथा दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिकबराबरको रकम सहयोग गर्ने बताए।

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोगको घोषणा गरिएको शाहले जानकारी दिए ।रासस