गण्डकीे।। पहिराका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालन भएको छ ।

बागलुङको जैमिनी नगरपालिका ८ छिस्तीको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको पहिराका कारण यहीसाउन १ गतेदेखि करिडोर अवरूद्ध भएको थियो ।

दुई वटा लोडर र एउटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाएपछि शुक्रबारदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय, बागलुङका प्रमुख हरि सुवेदीले जानकारी दिए।रासस