काठमाडौं,। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी सरकारले पारदर्शी ढङ्गले बजेट ल्याएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले सोमबार काठमाडौंमा आयोजना गरेको बजेट छलफलमा अर्थमन्त्री वाग्लेले भूकम्प र कोरोना महामारीका साथै अन्तर्राष्ट्रिय घटनाले मुलुकको अर्थतन्त्रमा परेको असरलाई अन्त्य गर्दै अर्थतन्त्रको बृहत् सुधार गर्ने गरी सरकारले पारदर्शी ढङ्गले बजेट बजेट ल्याएको बताएका हुन् ।

उनले ऋणमा आश्रित नभई आन्तरिक स्रोतमा महत्वाकांक्षी ढङ्गले १५ सय ८० अर्ब राजस्व उठाउने सरकारको लक्ष्य रहेको धारणा राखे ।उनले ५ प्रतिशतको कर नीतिले उपभक्तालाई असर नपर्ने समेत बताए । विद्युत् महसुलमा लगाएको करले उपभोक्तालाई मार नपर्ने गरी विकल्पको खोजि भइरहेको उनको भनाइ छ ।

उनले विद्युतीय सवारी साधनको हकमा पनि कम वाटका गाडीहरूलाई करका कारण कुनै असर नपर्ने उल्लेख गरे । मन्त्री वाग्लेले यस पटकको बजेटमा धेरै सुधारका काम गर्न खोजिएकाले भ्रम छर्ने कामहरू बन्द गर्न आग्रह गरे ।