काठमाडौं — ओमानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा मंगलबार नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ सुरु गरेको छ।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो।
दुवै टोलीको दोस्रो खेल
जारी शृंखलामा नेपाल र ओमान दुवैले आफ्नो दोस्रो खेल खेल्दैछन्। दुवै टोलीले पहिलो खेलमा क्यानडालाई पराजित गर्दै शृंखलाको विजयी सुरुआत गरेका थिए।
नेपालले आफ्नो पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो भने ओमानले क्यानडालाई ४१ रनले पराजित गरेको थियो।
दुवै टोली पहिलो खेल जितेर उत्साहित भएकाले यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्