काठमाडौँ – बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको हो।
महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य तोलामा ३ लाख २ हजार ३ सय रुपैयाँ तोकेको छ। मंगलबार सुन तोलाको ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर ४ हजार ८ सय १५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी तोलाको ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य उतारचढावमा सीमित रहँदै आएको छ। गत शुक्रबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार १ सय रुपैयाँ तथा चाँदीको मूल्य ४ हजार ४ सय ४७ रुपैयाँ रहेको थियो।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्