ठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री शाह आज साँझ ७ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर नेपालका तर्फबाट विभिन्न विषयमा धारणा राख्नेछन्। उनको अनुपस्थितिमा सरकारको दैनिक कार्यसम्पादन तथा प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेले सम्हाल्नेछन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्