काठमाडौं– नेपाल पुलिस क्लबले जय ट्रफी हात पारेको छ । त्रिभुवन आर्मी क्लबविरुद्ध २८ रनको जित निकाल्दै नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कपको च्याम्पियन भएको हो । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार पुलिसले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको आर्मी ७४ रनमा समेटन सफल भएको हो ।
आर्मीका लागि इम्रान शेखले २८, कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाएका थिए भने पुलिसका सागर ढकालले ६ र ललितनाराण राजवंशीले चार विकेट लिएका छन् । पुलिस दोस्रो इनिङमा १३९ बनाएपछि आर्मीले १०३ रनको लक्ष्य प्राप्त गरेको थियो । १३२–९ को स्थितीमा तेस्रो दिनको सुरुआत गरेको पुलिसले ७ रन थाप्दा बाँकी एक विकेट गुमाउन विवश भयो ।
पुलिसका लागि कुशल भुर्तेल ४५, दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन जोडे भने आर्मीका लागि शाहब आलम र बसिर अहमदले समान पाँच विकेट लिएका थिए ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.