काठमाडौं – न्युजिल्यान्डविरुद्धको टी२० सिरिजमा भारतले ४-१ को जित निकालेको छ। पाँच खेलको टी-२० सिरिजमा भारतले उपाधि उचालेको हो ।
सिरिजको अन्तिम अर्थात् पाँचौ खेलमा शनिबार भारत न्युजिल्यान्डमाथि ४६ रनले विजयी भयो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २७१ रन बनाएको थियो ।
भारतले दिएको २७२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ दशमलव ४ ओभरमा अलआउट हुँदा २२५ रन मात्र बनेको थियो । भारतका लागि शानदार ब्याटिङ गर्दै ईशान किशनले ४३ बलमा १०३ रन बनाए । उनले ४२ बलमा कीर्तिमानी शतकसमेत न्युजिल्यान्डविरुद्ध बनाए। अन्तिम खेलमा भारतका कप्तान सूर्यकुमार यादवले ३० बलमा ६५ रन बनाए ।
न्युजिल्यान्डका लागि फिन एलनले ३८ बलमा ८० रन बनाउँदा ईश सोढीले १५ बलमा ३३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । न्युजिल्यान्डलाई सस्तैमा समेट्न भारतका लागि आर्शदीप सिंहले पाँच विकेट लिँदा अक्षर पट्टेलले तीन विकेट हात पारे । सिरिज अफ द प्लेयर भारतका सूर्यकुमार यादव बन्दा अन्तिम खेलको प्लेयर अफ द म्याचको उपाधि ईशान किशानले पाए ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.