काठमाडौं,। हङकङमा चलिरहेको हङकङ सिक्सेसमा नेपाल दोश्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको छ । आज बिहान भएको खेलमा दक्षिण अफ्रिकाले नेपाललाई चार विकेटले हराएको हो । नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले तीन ओभर चार बलमा दुई विकेट गुमाएर भेट्टायो ।दक्षिण अफ्रिकाका ब्लेक डेभिड सिम्पसनले सबैभन्दा धेरै अविजित ३० रन बनाए ।
नेपालका लोकेश बमले दुई विकेट लिए ।त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल निर्धारित छ ओभरमा ५८ रनमा अलआउट भयो । नेपालका राशिद खानले सबैभन्दा धेरै १६ रन बनाए । दक्षिण अफ्रिकाका जोरिच भ्यान शाल्कविक, अब्दुल्ला बेयुमी र ब्लेक डेभिड सिम्पसनले समान दुई विकेट लिए ।हिजो भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो । प्रतियोगितामा १२ टोलीको सहभागिता छ । हङकङ सिक्सेस हिजोदेखि शुरु भएको हो ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.