काठमाडौं,। प्रतिनिधिसभा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले कार्यप्रगतिको विवरण उपलब्ध गराउन पत्राचार गर्ने समेत निर्णय गरेको छ ।
समितिको आज बसेको बैठकपछि सभापति ठाकुरप्रसाद गैरेले समितिले यही साउन १२ गते क्रिकेट मैदान अवलोकन गरेपछिको प्रगति उपलब्ध गराउन निर्देशन दिएका थिए । अहिले मैदान स्तरोन्नति, प्यारापिट, फ्लडलाइट जडानलगायत काम भइरहहेको सभापति गैरेले बताएका थिए । समितिले यही गत साउन १२ गते क्रिकेट मैदानको अवलोकन गरेको थियो । त्यसपछिको समयमा भएको कार्यप्रगतिबारे समितिलाई जानकारी गराउन उनले निर्देशन दिएका थिए । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.