काठमाडौं, २१ चैत – अफगानिस्तानको यु–१९ पुरुष टोलीले एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितका लागि ३०१ रनको विशाल लक्ष्य दिएको छ ।
मूलपानी क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर उक्त योगफल बनायो । अफगानिस्तानका लागि फैसल खान शिनोजादाले सर्वाधिक ९७ रनको योगदान दिए । उनले ८८ बलमा नौ चौका र चार छक्काको मद्दतमा ९७ रन बनाएका हुन । त्यसैगरी, खालिद अहमदजाइले १०७ बलमा छ चौकासहित ७६, बर्खत इब्राहिमजाईले ३५, उजाइरुल्लाहले २४, अजिज मिय खहिलले २१ र नजिफउल्लाह अमिरीले १० रन बनाए ।
नेपालका लागि सन्तोष यादवले तीन विकेट लिए भने अभिषेक तिवारीले दुई तथा दयानन्द मण्डल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए । नेपाल र अफगानिस्तान यु–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा रहेका छन् । छनोटअघि दुवै टोलीले तीन खेलकोे अभ्यास सिरिज खेल्न लागेका हुन् । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.