तमिलनाडुमा तीन वर्षपछि फिल्मको बिहानी शो पुनः सुरु भएको छ। सन् २०२३ मा ठूलो घटनापछि सुरक्षाको कारण देखाउँदै तमिलनाडु सरकारले बिहानको फिल्म शोमा प्रतिबन्ध लगाएको थियो। तर अब उक्त प्रतिबन्ध हट्दै पुनः बिहान ९ बजेदेखि विशेष शो सञ्चालन हुने भएको छ।
सूर्या र तृषा कृष्णन अभिनीत नयाँ फिल्म Karuppu का लागि बिहान ९ बजेको शो खोल्न अनुमति दिइएको भारतीय मिडियाले जनाएका छन्। यस निर्णयसँगै तमिलनाडुमा फिल्म प्रदर्शन क्षेत्र फेरि सामान्य अवस्थामा फर्किन थालेको देखिएको छ।
फिल्मको प्रोडक्सन हाउसले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री तथा अभिनेता Vijay लाई धन्यवाद दिएको छ। उनीहरूले मुख्यमन्त्री विजयको तस्बिरसहित लेखेका छन्, “हाम्रा मुख्यमन्त्री जोसेफ विजयलाई ‘करप्पू’ को बिहान ९ बजेको शोका लागि विशेष अनुमति दिएकोमा धन्यवाद। मे १४ देखि बिहान ९ बजेदेखि स्पेसल शोहरू सुरु हुनेछन्।”
तर यस निर्णयपछि सामाजिक सञ्जालमा विभिन्न चर्चा पनि सुरु भएको छ। विशेषगरी मुख्यमन्त्री विजय र अभिनेत्री Trisha Krishnan बीचको सम्बन्धबारे फेरि चर्चा चुलिएको छ। लामो समयदेखि उनीहरूको नाम विभिन्न हल्ला र चर्चासँग जोडिँदै आएको छ।
यसअघि विजयले विधानसभा चुनाव जितेपछि उनलाई बधाई दिन तृषा घरमै पुगेकी थिइन्। साथै, विजयको शपथ समारोहमा पनि तृषाको उपस्थिति देखिएको थियो। यी घटनाहरूले उनीहरूको सम्बन्धबारे पुनः सार्वजनिक चासो बढाएको छ।
हालसम्म सरकार वा सम्बन्धित पक्षबाट यस विषयमा आधिकारिक प्रतिक्रिया आएको छैन। तर बिहानी शो खुल्ने निर्णयले तमिलनाडुमा फिल्म उद्योगमा नयाँ बहस र उत्साह दुवै सिर्जना गरेको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्