काठमाडौं । नेपाल ओलम्पिक कमिटीले आगामी ओलम्पिक खेलका लागि राष्ट्रिय टिमको तयारी सुरु गरेको छ।

कमिटीले विभिन्न खेलका खेलाडीहरूको छनोट प्रक्रिया सुरु गरेको जनाएको छ। एथलेटिक्स, स्विमिङ र अन्य खेलहरूमा सहभागी हुन पाउने खेलाडीहरूको सूची तयार पारिएको छ।

ओलम्पिक खेलमा नेपालको सहभागिता यसपटक पनि महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।