काठमाडौं । नेपाल र भारतबीच व्यापार र पारवहन सहजीकरणसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार यो सम्झौताले नेपाली उत्पादनहरूको भारतीय बजारमा पहुँच सहज बनाउनेछ।

प्रधानमन्त्रीले यसलाई नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण कदम भनेका छन्।