काठमाडौं/जेनेभा । अन्तर्राष्ट्रिय अध्ययनले हिमालयका हिमनदीहरू अपेक्षाभन्दा छिटो पग्लिरहेको देखाएको छ।

विश्व हिमनदी निगरानी सेवाको प्रतिवेदन अनुसार हिमालयका हिमनदीहरू प्रतिवर्ष औसतमा ४५ सेन्टिमिटर पातलिँदैछन्।

यसले नेपालमा हिमताल विस्फोट (GLOF) को जोखिम बढाएको छ। विशेषज्ञहरूले यसबाट हुन सक्ने विपद्बारे तयारी गर्न सरकारलाई आग्रह गरेका छन्।