काठमाडौं, ७ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका मल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका थिए ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा दुुई पक्षीयसम्बन्ध र हितका विषयमा छलफल भएको छ । उनीहरुबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यापारिकसम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।प्रधानमन्त्री ओलीले हिमालदेखि समुुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्दामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैंमा हुने सगरमाथा संवाद कार्यक्रममा सहभागिताका लागि उनलाई आग्रह गरेका थिए।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत सहभागी थिए। रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
१५ फागुन २०८२, शुक्रवार
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार


COMMENT
.