विराटनगर । मोरङमा आगलागीमा परेर दुई बच्चाको मृत्यु भएको छ । धनपालथान गाउँपालिकाको कदमामा रहेको मुस्लिम बस्तीमा मंगलबार आगलागी हुँदा दुई जना बच्चाको जलेर मृत्यु भएको हो । मृत्यु हुने बच्चाको सनाखत भइसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाका अनुसार आगलागीबाट ६÷७ घर जलेका छन् । यसैगरी अहिलेसम्म आगो नियन्त्रण हुन नसकेको उनले बताए ।
आगलागी नियन्त्रणका लागि स्थानीयबासी, दमकल र प्रहरी खटिएको मोरङ प्रहरीले जनाएको छ । साना छाप्रा घर र परालको माचसमेत घरकै उेउमा रहेकाले आगोले उग्ररुप लिएको प्रहरीले जनाएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
१५ फागुन २०८२, शुक्रवार
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार


COMMENT
.