काठमाडौं – नेपालका लागि जापानका नवनियुक्त राजदूत मयडा तोरुले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र बुझाउँदै राजदूत तोरुले द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा आफूले जोड दिने बताएका हुन् ।
नेपाल र जापानबीचको द्विपक्षीय लामो सम्बन्धबारे राष्ट्रपति पौडेल र राजदूत तोरूबीच कुराकानी भएको नेपालस्थित जापानी दूतावासले जानकारी दिएको छ ।
नेपाल र जापानबीच विसं २०१३ भदौ १७ गते औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशले सन् २०२६ मा द्विपक्षीय कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठ मनाउँदैछन् ।
नेपालको पूर्वाधार विकासमा जापान सबैभन्दा ठूलो अनुदानदाता हो । साथै, नेपाली विद्यार्थी र युवाहरूका लागि पनि जापान आकर्षक शैक्षिकरश्रम गन्तव्य हो ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार
राजनीति
पूर्वराजाको सन्देशलाई राप्रपाको समर्थन, निर्वाचनपूर्व नै नविन समझदारीको आह्वान
७ फागुन २०८२, बिहिवार


COMMENT
.