काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसीहितका विविध विषयका साथै सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिको आधुनिकीकरण, शिक्षा र संस्कृतिलगायत पारस्परिक साझेदारीका बारेमा विचारविमर्श भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
त्यस अवसरमा राष्ट्रियसभाका सदस्य एवं इजरायलका लागि पूर्वनेपाली राजदूत डा अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार
राजनीति
पूर्वराजाको सन्देशलाई राप्रपाको समर्थन, निर्वाचनपूर्व नै नविन समझदारीको आह्वान
७ फागुन २०८२, बिहिवार


COMMENT
.