काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा झिनो अंकको वृद्धि देखिएको छ । आज नेप्से ४.६३ अंकले बढेर ३५८६.२३ विन्दुमा पुगेको हो । नेप्से ०.१७ प्रतिशतले बढ्दा कारोबार डेढ अर्ब वृद्धि भएको छ ।
बुधबार साढे ३ अर्बको कारोबार हुँदा आज भने बढेर ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ८६ हजार ७०५ कित्ता शेयर कारोबार भएको छ । १५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१५ वटा कम्पनी कारोबारमा आउँदा ५० हजार ४४७ पटक शेयर किनबेच भएको छ ।
७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । नेप्से बढ्दा १३ वटा समूहमध्ये ८ वटा समूह बढेको छ भने ५ वटा समूह घटेको छ । आज सबैभन्दा बढी विकास बैंक समूह २.४० प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.३० प्रतिशतले बढेको छ । आज बसैभन्दा बढी ट्रेडिङ समूह २.०३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.१५ प्रतिशतले बढेको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.