काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ३३ अंकले घटेको छ । २६१३ बिन्दुमा सुरु भएको बजार लगातार घटेर २५७६ बिन्दुमा ओर्लिएको हो । मंगलबार कारोबार बन्द हुने अन्तिम आधा घण्टामा भने परिसूचकमा १९ अंकको सुधार आयो ।
मंगलबार कुल २१३ कम्पनीको मूल्य घटेको छ । २८ कम्पनीको मूल्य सामान्य अंकले मात्रै बढेको छ । तीन कम्पनीको मूल्य भने स्थिर रह्यो । मंगलबार ३०८ वटा कम्पनीको १ करोड ३१ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसबाट ५ अर्ब ६७ करोड ४६ लाख मूल्यको सेयर कारोबार भयो ।
मंगलबार सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । मंगलबार फाइनान्स समूहको मूल्य ५।१९ प्रतिशतले घटेको छ । त्यस्तै नारायणी विकास बैंक, गुह्येश्वरी मर्चेन्ट र बोटलर्स नेपाल तराईको मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.