काठमाडौं - नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको छ । आइतबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू(भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।
शनिबार देशको पश्चिमी क्षेत्रको विभिन्न जिल्लाहरूमा हिमपात समेत भएको थियो । यो वर्षको पहिलो हिमपात हुँदा स्थानीय किसानहरु खुसी हुनुका साथै दैनिक जीवन भने प्रभावित भएको छ ।
काठमाडौं उपत्यकाको हावाको गुणस्तर खराब हुँदा घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरुले सल्लाह दिएका छन् । स्विस वायु प्रदूषण मापन एप आइक्यु एअरले काठमाडौंको वायुको गुणस्तर अति अस्वस्थकर भनेको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.